काठमाडौं । बैंकर्स संघले बैंकहरूलाई ब्रोकर लाइसेन्स दिन माग गरेको छ ।
आगामी आर्थिक वर्षका लागि आउने मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पहल हुनुपर्ने बताएको हो ।
कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै संघले यस्तो माग गरेको हो । नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागी केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको अवस्थामा इजाजत प्रदान गर्न उनीहरुको माग छ ।
सो सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखामार्फत् ग्रामीण क्षेत्रमा पनि पूँजी बजारलाई विस्तार गर्न सक्ने बैंकर्स संघको भनाइ छ ।
FACEBOOK COMMENTS