काठमाडौं, पुस २७ – नेपाल बैंकर्स संघले बैंकहरूलाई जतिसक्दो चाँडो धितोपत्र ब्रोकर लाइसेन्स दिन आग्रह गरेको छ । अर्थसमिति अन्तरगतको पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उपसमितिलाई संघले पत्र मार्फत नै ब्रोकर लाइसेन्स दिन आग्रह गरेको हो ।
बैंकलाई लाइसेन्स दिने सम्बन्धमा चौतर्फी विरोध भइरहेको समयमा संघले अर्थसमितिलाई यस्तो पत्र लेखेको हो ।
कानूनी रुपमा अहिले वाणिज्य बैंकहरुले सेयर ब्रोकरको रुपमा काम गर्न पाउँछन् । यही कानूनी आधारमा रुपमा नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्सका लागि आवेदन आब्ह्रान गरेको थियो ।
बैंकर्स संघले योसँगै बैंकलाई लाइसेन्स दिनुपर्ने भन्ने बिषयमा उपसमितिलाई सात बुँदे कारण पनि बुझाएकोछ । उपसमितिले गत पुस १३ गते यस बिषयमा संघका पदाधिकारीसँग बैठक बसेको थियो । सो बैठकमा भएको निर्णयअनुसार संघले उक्त आधारशिला उपसमितिमा पेश गरेको हो ।
हाल बैंकहरूले लगभग शतप्रतिशत स्थानीय तहमा शाखा स्थापना गरेको अस्था छ, यस अवस्थामा बैंकलाइ ब्रोकर लाइसेन्स दिदा दुरदराजका नागरिकले सहज रुपमा धितोपत्र कारोबार गर्न पाउने संघको भनाइ छ ।
FACEBOOK COMMENTS