काठमाण्डौँ — बैंकिंग प्रणालीमा तरलताको समस्या सृजना भएको परिघटनालाई परिसंघले छिट्टै समाधान गर्न आग्रह गरेको छ ।
परिसंघ तरलताको समस्यालाई निकै नजिकबाट गम्भीरताका साथ नियालिरहेको भन्दै तरलताको संकटले गर्दा बैंकिंग प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा अनपेक्षित ढंगले वृद्धि भइरहेको साथै निर्यातमा नकारात्मक प्रभाव पर्ने पनि जनाएको छ ।
उत्पादन वृद्धि नहुँदा आयात बढ्ने र समग्र आर्थिक सूचांकहरूमा संकुचन आउने संभावना निकै प्रवल रहेको परिसंघको ठहर रहेको पनि जनाएको छ ।
बैंक तथा वित्तिय संस्थाहरूले कुल निक्षेप तथा पुँजीको ८० प्रतिशतमात्र लगानी गर्न पाउने प्रावधान रहेकोले कूल गार्हस्थ्य उत्पादनको करिब ३५ प्रतिशत रकम निष्क्रिय रहेको छ ।
हालको अवस्थामा वित्तीय बजारमा निजी क्षेत्रबाट कर्जाको मागमा वृद्धि भइरहने र सोही समयमा ठूलो पुँजी निष्क्रिय रहँदा तरलताको अभाव सिर्जना हुन गएको हो परिसंघको ठहर रहेको जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS