काठमाडौं, माघ २७- बैंक अफ काठमाण्डूका ग्राहकले खातालाई कनेक्टआईपीएसमा पहिलोपटक रजिष्ट्रेशन गर्दा एक सय रुपयाँ बोनस पाउने भएका छन् । बैक र नेपाल क्लियरिङ्ग हाउसबिच भएको सम्झौतासंगै ग्राहकले यस्तो फाईदा पाउने भएका हुन् ।
बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरीफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा १०० जम्मा हुनेछ । कनेक्टआईपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS