काठमाडाैं, फागुन २८ – बैंक अफ काठमाण्डूले बिभिन्न बसहरुमा क्युआर कोड राखेको छ।डिजिटर कारोबार बिस्तार गर्दै बैंक अफ काठमाण्डूले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिबाट संचालन हुँदै आएको २२ वटा बसहरुमा क्युआर कोड राखेको हो।बैंक अफ काठमाण्डूको प्रदेश नं १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्युआर कोड वितरण गरेको बैंकले जनाएको छ।
यो सँगै पूर्वी नेपाल यातायातमा काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुँदै बिराटनगर र धरानसम्म जाने यात्रुले बसमा राखिएको बैंक अफ काठमाण्डूको क्युआरकोडबाट भाडा तिर्न सक्नेछन्।
कंकाई माई पाथीभरा यातायातबाट सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखि ईटहरी हुँदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिइरहेकोमा अब बसमा क्युआर कोड प्रयोग गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।साथै क्युआर कोड राखिएका छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म सञ्चालन हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिने जारी बिज्ञप्तीमा उल्लेख छ ।
अब यात्रुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा पनि क्युआर कोड प्रयोग गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
FACEBOOK COMMENTS