काठमाडौं, कार्तिक ७ बैंक तथा वित्तीय संस्था शनिबारदेखि लगातार ५ दिन बन्द हुने भएका छन् । तिहारका लागि ५ दिन सरकारी बिदा निश्चित भइसकेकाले बैंंक तथा वित्तीय संस्था शुक्रबार दिउँसो सम्म मात्र खुला रहनेछन् ।
नेपालीको दोस्रो महान चार्ड तिहारका लागि आइतबारदेखि बिदा हुने भएपनि ९ गते शनिबार परेकाले शनिबारदेखि १३ गते बुधबार सम्म बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।
सरकारले अघिल्ला वर्षहरुका तिहारमा भन्दा यो वर्षको तिहारमा २ दिन अतिरिक्त बिदा थप गरेको हो । यसअघि सरकारले तिहारको बिदा १२ गतेसम्म तोकेको भएता पनि नेवार समुदायको भाईटिका तीथी अनुसार १३ गते पर्न गएका कारण थप एकदिन बिदा दिएको हो ।
तिहारका लागि सामान किन्न वा अन्य कारोबारमा खर्च गर्नका लागि बैंकबाट पैसा भिक्नु परेमा निक्षेपकर्ताले भोलि (शुक्रबार) सम्म आफ्नो सम्पुर्ण बैंकिङ कारोबार गरिसक्नु पर्ने छ ।
अधिकांस बैंक तथा वित्तीय संस्थाका शाखा काउण्टरहरुमा शुक्रबार २ बजेपछि र केन्द्रिय कार्यलयहरुका काउण्टरमा ४ बजेसम्म मात्र पैसा लेनदेनको कारोबार हुन्छ ।
FACEBOOK COMMENTS