काठमाडौं । बैंक वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषकोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कर्मचारीहरुलाई जबरजस्ती आवद्ध गराउन खोजेको भन्दै उनीहरुले त्यसविरुद्ध मुद्दा दायर गरेका हुन् । जबरजस्ती आवद्ध गराउने र आवद्ध नभएमा जरीवाना गर्ने जस्ता कार्य नगर्नु नगराउनु भनी परमादेश लगायत उपयुक्त निर्देशनसहितको आदेश माग गर्दै मुद्दा दायर गरिएको हो ।
सामाजिक सुरक्षाको नाममा कोषको कार्यालयले नेपाल बैंकर्स संघलाई सूचिकृत गराइदिनु हुन भनी गरिएको पत्राचार गैरकानूनी रहेको आरोप कर्मचारीले लगाएका छन् । सूचिकृत नभएमा लाग्दै नलाग्ने ऐन लगाई बैंकहरूलाई कारवाही गर्ने भनी विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार लगायतका काम कारवाही गर्ने निर्णय समेत गैरकानूनी रहेको भन्दै तिनलाई बदर गराउन माग गरिएको छ ।
सरकारको सीमित लगानीमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड लगायतलाई कोषमा आबद्ध भईरहनु नपर्नेजस्ता असमान र बिभेदकारी नीति रहेको भन्दै कर्मचारीहरुले कोषले यसअघि पठाएका पत्र, आदेशहरु बदर गराउन माग गरेका छन् ।
FACEBOOK COMMENTS