काठमाडौँ — बैङ्कहरुले अव्यवहारिक रुपमा ब्याजदर बढाएपछि निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)ले विरोध गरेको छ ।
बैङ्कको अव्यवहारिक र अपरिपक्क निर्णयले नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गई नकारत्मक प्रभाव पर्ने एफएनसीसीआईले बताएको हो ।
बैङ्कका कारण निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नया“ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।
विगत दुई वर्षदेखि बैङ्क तथा वित्तीय संस्थाहरुबाट एक तर्फिरुपमा ऋणको ब्याज दर अचानक बृद्धि भएको कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको एफएसनसीसीआईले विज्ञप्तीमा उल्लेख गरेको छ ।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क तथा बैङ्किङ क्षेत्रका जिम्मबार पदाधिकारीलाइ पटक पटक यस विषयमा गम्भीर ध्यानाकषर्ण गर्दा पनि सुनुवाइ नभएको महासङ्घका अध्यक्ष भवानी राणाले बताइन ।
FACEBOOK COMMENTS