काठमाडौं, माघ २६ – मानव अधिकारसम्बन्धी क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले बैतडीमा बलात्कारपछि हत्या गरिएकी कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागिरथी भट्टको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
सोमबार फानले एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित राहतको व्यवस्थासमेत गर्न हामी नेपाल सरकार समक्ष आग्रह गरेको छ।
फानका कार्यवाहक अध्यक्ष भक्तराज जोशीद्वारा जारी विज्ञप्तिमा पश्चिम नेपालका विभिन्न जिल्लामा यस्ता जगन्य अपराधहरू झन्–झन् बढिरहनु अत्यन्तै दुःखद् पक्ष भएको जनाइएको छ। “महिला तथा बालिकाका माथि भइरहेका यस्ता जघन्य मानवअधिकार हननका घटना तथा अपराधले नेपालको अन्तर्राष्ट्रिय छविसमेत धमिलिएको छ। महिला तथा बालबालिका माथि भइरहेका यस्ता घटनाका दोषीहरूलाई कडाभन्दा कडा कारवाहीको जोडदार माग गर्दैछौं,” विज्ञप्तिमा उल्लेख छ।
FACEBOOK COMMENTS