बैतडी -बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
आरडीटी रिपोर्ट पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट पनि पोजिटिभ देखिएको उनले बताए । बिहीबार थपिएका संक्रमित मध्ये दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना रहेका छन् । नयाँ संक्रमित २५ जना मध्ये २ महिला र २३ जना पुरुष छन् ।
दशरथचन्द नगरपालिकाका १४ वर्षीया महिला, २१, ३३, २०, २६, ४०,२८, २५, २८ र २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सुर्नया गाउँपालिकाका २१,४५ र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने सिगास गाउँपालिकाका २१ वर्षीया महिला, २४,२२ र १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
सिगासका संक्रमित २ जनाको उमेर नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २६,४०,२३ र ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यसअघि बैतडीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
नयाँ थपिएका संक्रमित क्वारेन्टाइनमै रहेको जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। स्वाब संकलन भएको मितिदेखि १४ दिन पुगेका र कुनै लक्षण नदेखिएकालाई भने होम आइसोलेसनमा राखिने प्रमुख भट्टले बताए ।
FACEBOOK COMMENTS