काठमाडौं, भदौ २६ – बैतडीको पञ्चेश्वर गाउँपालिकाले असोज १ देखि विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरेको छ।
विद्यालय बन्द रहँदा विद्यार्थी समस्यामा परेको भन्दै सञ्चालनको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताएका छन्।
विद्यालय बन्द रहे पनि शिक्षकहरुले तलब लिएको गुनासो आउन थालेपछि विद्यालय पुनः सञ्चालनको तयारी गरिएको हो। पञ्चेश्वर गाउँपालिका अहिले कोरोना संक्रमितको संख्या शून्य रहेको छ।
गाउँपालिकामा रहेका विद्यालयलाई निसंक्रमण गरेर तथा सामाजिक दूरी कायम, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर विद्यालयमा पठनपाठन सुरु गरिने उनले बताएका छन्।
गाउँपालिकामा रहेका ३५ विद्यालयमा पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
FACEBOOK COMMENTS