काठमाडौं – नेपाल एयरलाइन्सले लिलाम बिक्रीमा राखेको बोइङ ७५७ जहाज किन्न दुई कम्पनी इच्छुक देखिएका छन् । निगमले एबीएन नामक इजरायली कम्पनी र अर्को बेनामे कम्पनीले इच्छुक देखाएका छन् । तर निगमका सहप्रवक्ता सुलेश मिश्रले नाम र ठेगानाबिनै परेको प्रस्ताव स्वतः अमान्य हुने जानकारी दिएका छन् ।
नेपाल एयरलाइन्सले १२ असारमै बी ७५७ जहाज बिक्री गर्न टेन्डर आहृवान गरेको थियो । तर कुनै पनि प्रस्ताव नपरेपछि दोस्रो पटक २९ साउनमा पुनः टेन्डर गरेको थियो ।
नेपाल एयरलाइन्सले न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर बिक्री मूल्य निकालेर टेन्डर आहृवान गरेको थियो । यो मूल्यमध्ये सबैभन्दा बढी तिर्ने गरी आउने कम्पनीले बी ७५७ ९एन(एसीबी जहाज खरिद गर्ने सक्ने प्रावधान राखिएको थियो ।
दुई पटक आहृवान गरेको टेन्डरमा पनि पर्याप्त कम्पनीको आवेदन नपरेपछि अब निगमले द्विपक्षीय सम्झौताका आधारमा यसको बिक्रि सम्बन्धमा निर्णय लिन सक्छ ।
निगमले अहिले बेच्न लागेको निगम ३१ वर्ष पुरानो हो ।
FACEBOOK COMMENTS