अन्जनराज न्यौपाने
तनहुँ, १५ श्रावण- तनहुँ जिल्लामा भर्खरै सरुवाभै आएका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले तनहुँको आफ्नो कार्यकाललाई पुर्ण रुपमा सफल बनाउन बोलेर हैन काम गरेर देखाउने बताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले जिल्लाका सबै पक्षहरूसँग सहमति ,सहकार्य र समन्वयका साथ उनीहरूको सुखदुःखमा साथ दिने र सक्रियतापूर्वक लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे। काम गर्न भन्दा कुरा बढी हुने हुदाँ कुनैपनि क्षेत्रको विकासका कामकारबाही पछि परेको उनले बताए ।
कुनैपनि कार्यालयमा भएगरेका सेवा प्रवाह बारे जिल्लाका विभिन्न संचारमाध्यमहरुलाई जानकारी दिन आफू कटिबद्ध रहेको उनले उल्लेख गरे । विद्यालय संचालन बारे बोल्दै भदौ१ गते सम्म भर्ना गर्ने गराउने तर पठन पाठन भने कोरोना संक्रमणका कारण सुचारू हुने अवस्था नरहेको प्रजिअ आचार्यले जनाए । ‘बजारमा भएको अत्याधिक भिड नियन्त्रण माक्स अनिवार्य प्रयोग गराउने ,चर्को भाडा असुली सर्वसाधारणलाई दुख दिने सवारीसाधनको पहिचान गरि तुरुन्तै कार्वाही गरिनेछ’ उनले भने।
कुनैपनि कार्यालय प्रमुख र विभिन्न मिडियामा आबद्ध संचार माध्यमहरु सहमति ,संवाद र सहकार्यबाटै अघि बढनुपर्नैमा उनले जोड् दिए। जिल्लाको विकट स्थान ऋषिङ गाँउपालिकाका एकै घरका ५ जनाले ज्यान गुमाएका प्रति गहिरो दुख प्रकट गर्दै प्रजिअ आचार्यले जिल्ला भर हाल सम्ममा कुल १८० जनामा कोरोना संक्रमण भएको जानकारी समेत दिए ।
उनका अनुसार १६२जना पुरुष र १८ जना महिलाहरु संक्रमित रहेकामा निको भै घर फर्किएकाहरुमा १५७ जना रहेका छन भने जिल्ला भरमाआईसोलेसन-६ कक्ष र ४६ वटा क्वारेन्टाइन रहेको छ ।
अविरल बराबरी बर्षाका कारण जिल्लामै १३ जनाले आकालमै ज्यान गुमाएका छन् भने २ जना गम्भीर घाइते भै उपचारका लागि पोखरा अस्पतालमा ईमर्जेन्सी कक्षमै रहेका छन् । पहिरोले पुरिएर- १ जना अझैसम्म पनि बेपत्ता रहेका र उनको खोजिकार्य जारी रहेको प्रजिअ आचार्यले बताए ।
पहिरोबाट मृत्यु भएका मृतकका घर परिवारहरुलाई जनही राहत स्वरुप १ लाख संघीय सरकारबाट र प्रदेशबाट-५० हजार प्रति ब्यक्ती हस्तान्तरण गरिसकेको र पहिरोले पुर्ण क्षतिग्रस्त भै वास वस्न समस्या भएका पिडितहरुलाई बैकल्पिक स्थानमा स्थानान्तरण गरिसकिएको उनले दावी गरे।
यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमका क्रममा वोल्दै विनाकाममा घरवाट बाहिर ननिस्कन र अतिआबस्यक कामबाहेक अन्य काममा घर बाहिर निस्कनै परे अनिवार्य माक्सको प्रयोग गरिदिन पत्रकारभेटघाट मार्फत अपिल गरे।
यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जिल्लाका अति ब्यस्त बजारहरु आँबुखैरेनी, डुम्रे बन्दिपुर, दमौली , थर्पु भिमाद र बेलचौतराका महत्त्वपूर्ण स्थानहरूमा यात्रागर्ने गराउने सबैले अनिवार्य माक्स लगाउनुपर्ने भन्दै माक्स नलगाई यात्रा गर्ने उपर कार्वाही गर्दा १० हजार रुपैयाँ जरिवाना उठेको जानकारी दिए। माक्स नलगाई हिड्ने प्रति ब्यक्तीलाई १ सय रुपैयाँ जरिवाना तिराउने गरेको प्रहरी प्रमुख पौडेलले बताए ।
FACEBOOK COMMENTS