कर्पोरेट ः ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो ।
एनसेलको कार्यालयमा समेत क्षति पुग्ने गरी भएको यो विस्फोटमा फुटपाथमा हिँडिरहेका दुई महिला र एक पुरुष गम्भीर घाइते भए ।
एनसेलको मुख्य कार्यालय बाहिर बम पड्किए लगत्तै राजधानीको कमलपोखरीस्थित आँगन स्विट्स भित्र बम रहेको खबर केही बेरमै राजधानी उपत्यकाभरी फैलियो ।
आँगन स्विट्समा बम राखिएको खबर पाउनेबित्तिकै पुगेको प्रहरीले ज्यानकै वाजि थापेर आगन वाट बमलाई वाटो सम्म ल्यायो ।
त्यस पक्षात नेपाली सेनाको बम डिस्पोजल टोलीले बमलाई निसकृय बनायो ।
नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट हुँदा फुटपाथमा हिँडिरहेका दुई महिला र एक पुरुष घाइते भएका छन् । उनीहरुको अहिले ललितपुरकै अल्का अस्पतालमा उपचार भइरहेको छ । भने कमलपोखरीस्थित आँगन स्विट्सको घटनामा प्रहरीको वहादुरीका कारण कोहि हताहत हुन पाएन ।
प्रहरीका अनुसार एनसेलमा बम पड्काउने समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन । कमल पोखरीस्थित आँगन स्विट्समा पनि बम राख्नेको कुनै विवरण खुलेको छैन ।
तर सुरक्षा निकायका अनुसार काठमाडौंमा विप्लव माओवादीको प्रभाव निकै कमहुदै गएपछी विप्लवले गरेका बन्दहरु यहाँका जनताले अवज्ञा गर्ने र ब्यपारीहरुले समेत चन्दाँ नदिने गर्न थालेपछी ब्यवसाय क्षेत्रमा विप्लव माओवादिले धम्कीका लागि धावा वोलेको वताउछन् ।
अहिले पनि विप्लव माओवादि कार्यक्रताहरुले ब्यापक चन्दा माग्ने गरेको ब्यवसायहरुको गुनासो छ ।
FACEBOOK COMMENTS