काठमाण्डौँ — हुलास मोटरले ब्याट्रीबाट चल्ने इ–कारको उत्पादन बन्द गरेको छ ।
कम्पनीले ४ वटा कार उत्पादनपछि बन्द गरेको हो । परीक्षणका लागि प्रारम्भिक रूपमा ती कार उत्पादन गरिएको थियो ।
कम्पनीले सुरुमा उत्पादन गरेको हुलास इ–कार डाभिन्सी ४ वटा कारमध्ये २ वटा पहाडी क्षेत्र र बाँकी राजधानीको सडकमा परीक्षण गरेको थियो ।
‘सोचेजस्तो परिणाम नआएपछि हाललाई उत्पादन बन्द गरेको कम्पनीका सञ्चालक सुरेन्द्र गोल्छाले बताए ।
चीनबाट कच्चापदार्थ ल्याएर निर्माण गरिएको इ–कारको प्रारम्भिक मूल्य बढीमा १४ लाख ३० हजारसम्म रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS