अन्जनराज न्यौपाने
तनहुँ, माघ १९ – ब्यास जन्म भूमिलाई विश्व माँझ चिनाउन भगवान ब्यासको १०८ फिट मुर्ति निर्माणका लागि श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञ हुनेभएको छ। ४ वेद १८ पुराणका रचयिता २८ औं कृष्णावतार भगवान वेदब्यासको जन्म स्थल , सेती र मादीको संगम,कृण्ण दैपायन, भगवान पराशरको तपोभूमिसँगै रहेको ब्यास भगवानको अवतरण स्थलमा निर्माण गर्न लागिएको १ सय८ फिटको मुर्ति स्थापनाको सहयोगार्थ श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ गरिने भएको हो।
ब्यास क्षेत्र शिवपान्चायन विकास कोषको आयोजनामा माघ २० गतेदेखि २८ गते सम्मकालागि सत्यवती पार्क ब्यास -३ अनसन चौतारी खुला मैदानमा प्रमुख कथा बाचक पण्डित नारायणकृष्ण चरणामृतले वाचन गर्ने भएका हुन्।
ब्यास क्षेत्र शिवपञ्चायन विकास कोषका संरक्षक काशीनाथ न्यौपानेका अनुसार सो १०८ फिट मुर्ति निर्माणका लागि ६४ करोडको लागत अनुमान गरिएको छ भने १०८ फिट व्यासमूर्तिको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइ सकिएको बताए ।
मूर्ति निर्माणका लागि सरकारका तर्फबाट बजेट विनियोजन गर्न माग गर्दै कोषले काठमाडौँ पुगेर राष्ट्रियसभा सदस्य प्रकाश पन्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहितको उपस्थितिमा कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले उक्त मुर्तिकालागि डिपिआर मन्त्री भट्टराईलाई प्रदान गरिसकेको छ।
व्यासमूर्तिसहित संरचना निर्माणका लागि धेरै बजेट लाग्ने भएकाले सरकारका तर्फबाट पनि सहयोग गर्न मन्त्री भट्टराईसँग अनुरोध गरिएको कोषका सचिव मदन पण्डितले जानकारी दिए । सो अवसरमा मन्त्री भट्टराईले आगामी वर्षको बजेट भाषणमार्फत मूर्तिसहितको संरचना निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएको उनले बताए ।
कोषले मूर्ति निर्माणका लागि बजेट जुटाउन यही माघ २० देखि २८ गतेसम्म महायज्ञसमेत गर्दैछ । गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुने भए पनि कोषमा रु ५० लाख मात्रै रहेकाले मूर्ति निर्माणको काम शुरु गर्नका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित महायज्ञ गर्न लागिएको कोषका अध्यक्ष श्रेष्ठले बताए ।
“कोषमा भएको रु ५० लाखले केही पनि गर्न नसक्ने अवस्था आएपछि महायज्ञबाट केही रकम सङ्कलन गरी कामको शुरुआत गर्न लागेका छौँ,” उनले भने “ जग खन्नका लागि पनि ठूलै रकम आवश्यक पर्ने देखिएको छ उनले भने हामी महायज्ञकालागि सरोकारवाला विभिन्न धार्मिक ,सामाजिक र आर्थिक स्तर मजमुद भएका धर्मप्रेमी दानवीर,शिक्षा प्रेमी,विभिन्न राजनीतिकदलका प्रमुख एबम् प्रतिनिधि विभिन्न संचारमाध्यामहरुको सहयोग र सक्रियतामा १०८ फिटको मुर्ति निर्माण कार्य सम्पन्न हुनेमा आफू विश्वस्त रहेको छु यसकालागि हामीले ५४ वटा उप समितिहरु समेत निर्माण गरेका छौ उनले भने।
महायज्ञमा ५ हजार आर्थिक सहयोग गर्नेलाई साधारण सदस्य प्रदान गरिने छ भने,१२ हजार आर्थिक सहयोग गर्नेलाई कोषको आजीवन सदस्यता प्रदान गरिने ,२० हजारदेखि ५० हजार प्रदान गर्नेहरुकालागि विशिष्ट आजीवन सदस्यता प्रदान गरिने छ।
५० हजार देखि१ लाख सम्मको आर्थिक सहयोगगर्ने दानवीर भक्तजनहरुलाई विशिष्ट बेदब्यास लब्धप्रतिष्ठित आजीवन सदस्यता दम्पतीको फोटो बैठककक्षको सभाकक्षमा राखिने र १ लाखदेखि १ करोड वा सो भन्दा माथि आर्थिक सहयोग हस्तान्तरण गर्ने दानबीरको अर्धकद्को मूर्ति स्थापना गरिने कोषका सचिव पण्डितले जानकारी दिए।
महायज्ञबाट करीब रु पाँच करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । व्यासमूर्तिसहितको संरचना निर्माणका लागि कोषको एकल प्रयासले मात्रै सम्भव नरहेकाले सबैको सहयोग आवश्यक भएको श्रेष्ठले बताए । जनस्तरबाट थालिएको मूर्ति निर्माणको अभियानअन्तर्गत हालसम्म डिपिआर बनाउने कार्य सम्पन्न भएको ब्यासक्षेत्र शिव पञ्चायन विकास कोष दमौली तनहुँले जनाएको छ।
FACEBOOK COMMENTS