अन्जनराज न्यौपाने
तनहुँ, ८ चैत्र-ब्यासनगरपालिकाको प्रमुख सल्लाहकारमा पशुपति अन्नपूर्ण आश्रम काठमाडौंका अध्यक्ष प्रा डा जगदीश बैद्यलाई नियुक्त भएका छन् । नियुक्ति पश्चात प्रमुख सल्लाहकार बैद्यले आफ्नो मन्तव्यका क्रममा मादक पदार्थ र सुर्तीजन्य पदार्थ सेवनबाट ब्यक्तिमा शारीरिक, मानसिक र संवेगात्मक असर पर्न जाने बताए । उनले उक्त आनीबानीले मानिसको शरिरका अंगहरु दिमाग ,फोक्सो ,ब्रेन ट्युमर, नाक, कान, घाँटी, मुटु, छातीमा निकोटीनको मात्र बड्दा अकालमै ज्यान जाने हुदाँ मादक पदार्थ र सुर्तीजन्य पदार्थको सेवन घातक हुने बताए । उनले प्रशिक्षण दिदै अशिक्षा ,बेरोजगारी र गरिबीका कारण दैनिक सुर्तीजन्य र मादक पदार्थ सेवनका कारण ज्यान गुमाउनु परेका घटना बारे स बिस्तार वर्णन समेत गरे ।
सोही अवसरमा नेपाल सरकारका पूर्व सह-सचिव लवप्रसाद त्रिपाठीले पशुपति अन्नपूर्ण आश्रमले दैवीप्रकोप तथा आपतकालीन अवस्थामा परेका स्थानहरुमा गई खाद्यान्य, लत्ताकपडा र आर्थिक सहयोग प्रदान गरेर नेपाली समाजलाई अविष्मरणीय योगदान पुर्याएको बताए ।पशुपति अन्नपूर्ण आश्रमका केन्द्रीय सहसचिव एवम् प्रेस समिति अध्यक्ष के वि सम्राटले आश्रमले वि स २०३५ सालदेखि प्रत्येक बर्ष १ सय ८ पंचधातुको घण्ट र सरस्वतीको मुर्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरु, मठ्मन्दिर, देवालय, शक्ति पिठ, वृद्ध आश्रमहरुमा हस्तान्तरण गर्दै आएको बताए । साथै उनले नेपालका विभिन्न पुरातात्त्विक महत्वका स्थानहरूमा मठ -0मन्दिर निर्माण गर्दै आउनु समाजका लागि अति नै अतुलनीय तथा उल्लेखनीय कार्य भएको पनि औंल्याए । बैद्य सामाजिक तथा अहिसांबादी धार्मिक अभियान्ताका नामले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जगतमा परिचित हुनु नेपालका लागि गौरवको विषय भएको पनि उनले उल्लेख गरे ।
प्रमुख प्रशासकीय अधिकृत सहित ४ वडाध्यक्षहरुको मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने प्रतिबद्धता
ब्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्थ सहित ४ वडाध्यक्षहरुले सामुहिक रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने एक कार्यक्रमका बीच प्रतिबद्धता ब्यक्त गरेका छन्। सो प्रतिबद्धता ब्यक्त गर्नेहरुमा क्रमश ब्यास-८ का वडाध्यक्ष ओजराज पौडेल ,ब्यास-११का वडाध्यक्ष निरबहादुर खड्का ,ब्यास-१३ का वडाध्यक्ष लेखबहादुर राना र ब्यास-१२ का वडाध्यक्ष तोत्रबहादुर कुवंर लगायतका वडाध्यक्ष रहेको ब्यास नगरपालिका का प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।
FACEBOOK COMMENTS