माधब पौडेल, जेठ १२, तनहूँ – नेपाल विद्यार्थी संघका पूर्व सहा महामन्त्री तथा नेपाली कांग्रेसका युवानेता लक्ष्मीभक्त खनाल र नेपाल तरुण दल तनहुँका सचिब रामचन्द्र पौडेलले क्वारेन्टाइनस्थललाई सहयोग हस्तान्तरण गरेका छन् । युवा नेताद्वयले ब्यास नगरपालिका वडा नं १ आदिकवि भानुभक्त क्याम्पसमा रहेको व्यास नगरपालिकाको क्वारेन्टाइनको लागि सहयोग उपलब्ध गराएका हुन । उनीहरुले ५० कार्टुन अर्थात ६०० वटा मिनरल बोत्तल पानी र २०० पिस मास्क सहयोग गरेका छन् । उनीहरुले सो सामाग्री क्वारेन्टाइनस्थल रहेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महेश हडखलेलाई हस्तान्तरण गरे । कोरोना माहामारी र लकडाउनको असहज परिस्थितिमा क्वारेन्टाइनमा रहने मानिसहरूको लागि आवश्यक पर्ने सामाग्रीहरु खनाल र पौडेलले हस्तान्तरण गर्दा सरोकारवाला निकायले खुशी व्यक्त गरेका छन् ।
व्यास नगरपालिकाको उक्त क्वारेन्टाइनमा हाल स्वदेशका विभिन्न स्थानहरु र विदेशबाट आउने गरि १ सय जना मानिस बसिरहेका छन् । र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । सहयोग सामाग्री हस्तान्तरण पश्चात सहयोगदाताहरु खनाल र पौडेलले आउँदा दिनहरुमा पनि जिल्लाका विभिन्न क्वारेन्टाइन स्थल तथा व्यक्तिहरुलाई सहयोग उपलब्ध गराउने बताएका थिए । कोरोना माहामारीको प्रकोप फैलिएर लकडाउन शुरुभए पश्चात युवा नेता खनालले भानु नगरपालिकामा रहेको क्वारेन्टाइन स्थलको लागि पनि अत्यावश्यकीय सामाग्री हस्तान्तरण गरेका थिए भने छाक टार्न मुस्किल भएका मानिसहरुलाई खाद्य सामग्रीहरु पनि बाडेका थिए ।
FACEBOOK COMMENTS