अन्जनराज न्यौपाने ,तनहुँ माघ २०- नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भगवान वेदब्यासको जन्म भूमि तनहुँलाई विश्वकै हिन्दुहरुको मुल थलो बनाउनुपर्ने बताए ।
सोमबार दमौलीमा १०८ फिट लामो ब्यास भगवानको मुर्ति निर्माणको सहयोगार्थ संचालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञ कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै सामाजिक विविधताले युक्त राष्ट्र नेपाल बहुभाषिक बहुजातीय र बहु धार्मिक देश भएको बताउदै जातीय र धार्मिक द्वन्दमा सोझा सिधा नेपाल आमाका सन्तान फस्न नहुनेमा जोड दिए।
शुभकामना मन्तब्यमा मन्त्री भट्टराईले विश्वका अग्रदुत भगवान गौतम बुद्धको देश नेपालमा शान्ति र आपसि सहिष्णुतामा केन्द्रीत भएर मुलुकको आर्थिक सम्बृर्दिकालागि सवै काँधमा काँध हातमा हात राखेर पवित्र आत्माले लाग्नुपर्ने वताए मन्तब्यका क्रममा मन्त्री भट्टराईले देशमा समतामूलक न्याय ,राष्ट्र निर्माणमा सरोकारवाला सबै पक्ष लाग्नु जरुरी भएको बताए । उनले राज्यले भ्रष्टाचारमा शून्य रणनीति लिएको बताउदै समयमा काम नहुने,ढिला शुस्तीहुने परिपाटीको अन्तय भइसकेको छ उनले भने । देश एकता बाटै संभव हुने बताउदै आपसी मतभेद तुरुन्तै त्याग्नु जरुरी भएको बताए ।
लोकतान्त्रमा प्रतिपक्षको भूमिका शून्य रहेको बताउदै बर्तमान सरकारले कुनै कमीकमजोरी नराखेको दावी उनले गरे। कमीकमजोरी भए औं ल्याउन समेत प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे। उनले कामको प्रगति हेर्दा जुन सुकै कार्यपनि झण्डै ६ महिना अधिनै निर्माण सम्पन्न गर्न सफल भएको दावी उनको रहेको थियो ।
भगवान् बेदब्यासको मुर्ति निर्माणकालागि नेपाल सरकारले सकेको सहयोग गर्ने र साथ दिने समेत वताउदै आउने वजेटमा उत्साहपुर्ण सहयोग रहने प्रतिबद्धता ब्याक्त गरे । हिन्दु धर्मावलम्बीहरुको मात्रै नभएर ब्यास जन्म भूमि विश्वकै पर्यटकीय र ऐतिहासिक गन्तव्यको केन्द्र बन्नेमा विश्वास ब्याक्त गरे।राष्ट्रिय विभुति आदिकविको जन्म स्थल,पवित्र ऐतिहासिक एब्म् पौराणिक तिर्थ स्थल देवघाट धाम, प्रसिद्ध मन्दिर छाब्दीबाराहीलाई नेपालकै नमुना पर्यटकीय धार्मिक मुल थलो बनाउन नेपाल सरकारले कुनैपनि कसर बाँकी नराख्नेमा उनले जोड दिए।
यस्तै प्रतिनिधि सभा सदस्य केदार सिग्देलले ४ वेद१८ पुराणका रचायिता भगवान् बेद व्यासको ग्रन्थलाई विज्ञानले पनि सविकारेको बताए । १०८ फिट अग्लो ब्यास मुर्ति निर्माणकालागि स्थानीय ,प्रदेश र केन्द्रीय सरकारको उच्चस्तरीय पहल रहने बताए ।
शुभकामना मन्तब्यका क्रममा बोल्दै प्रतिनिधि सभा सदस्य कृण्णकुमार श्रेष्ठ किसानले ब्यास मुर्ति निर्माण गराउन विश्वका हिन्दुहरु कै प्रयास जारी रहेको बताए । उक्त प्रस्तावित मुर्ति वर्तमान सरकारकै पालामा निर्माण गरिने प्रतिबद्धता ब्यक्त गर्दै २० देखि२५ करोड सम्म विनियोजन गर्न आफनो पहल कदमी रहने विश्वास ब्याक्त गरे।ब्यास जन्म भूमिलाई विश्व माँझ चिनाउन हाम्रो अभियान र हिन्दु धर्मको अन्तर्राष्ट्रिय मुल केन्द्र बनाउन आफू लागि परेको उनले बताए ।
४ वेद १८ पुराणका रचायिता २८ औं कृण्णावतार भगवान वेदब्यासको जन्म स्थल , सेती र मादीको संगम,कृण्ण दैपायन, भगवान पराशरको तपोभूमि सँगै रहेको ब्यास भगवानको अवतरण स्थल मा निर्माणगर्न लागिएको १ सय८ फिटको मुर्ति स्थापनाको सहयोगार्थ श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ गरिएको हो।
ब्यास क्षेत्र शिवपान्चायन विकास कोषको आयोजनामा माघ २० गतेदेखि २८ गते सम्मकालागि सत्यवती पार्क ब्यास (३ अनसन चौतारी खुला मैदानमा प्रमुख कथा बाचक पण्डित नारायणकृष्ण चरणामृतले गरेका हुन् ।
ब्यास क्षेत्र शिवपञ्चायन विकास कोषका संरक्षक काशीनाथ न्यौपानेका अनुसार सो १०८ फिट मुर्ति निर्माणकालागि ६४ करोडको लागत अनुमान गरिएको छ भने १०८ फिट व्यासमूर्तिको डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइ सकिएको ब्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए।
FACEBOOK COMMENTS