मदन तिमल्सेना तनहुँ , जेठ २८ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा व्यास नगरपालिकाको विकास निर्माण र कोरोना भाईरस कोभिड १९ का बिषयमा ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र रहेका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो । व्यास नगरपालिका अन्तर्गत पर्ने १४ वटा वडा भित्र जनस्तरमा विकास निर्माण र उत्पादन तथा समृद्धिसँग जोडिने गरि प्रतिफलमुलक अति आवश्यकीय योजनाका रुपमा भौतिक पुर्वाधार, बाटोघाटो, खानेपानी, कृषि, पर्यटन, खेलकुद , स्वास्थ्य र कोरोना भाईरस कोभिड १९ सँग जोडिएका योजनाहरु र आधुनिक शहरीकरणलाई व्यवस्थित गर्न र आगामी आर्थिक वर्षमा नगरपालिकावाट विशेष प्राथमिकतामा पार्ने गरि वडाभित्रको विभिन्न योजनाहरुमा ध्यानाकर्षण गराईएको कार्कीले जानकारी दिए ।
‘नगरपालिका भित्रको विकास निर्माण सबैको दायित्व हो, वडाहरुको योजनालाई प्राथमिकताका साथ पेश गरेका छौ’ कमिटीका अध्यक्ष श्रीराम कार्कीले भने । सोही अवसरमा ध्यानाकर्षण पत्र बुझ्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा सवैको सहयोग र साथले नै विकास निर्माणको ढोका खोल्ने वताउदै व्यास नगरपालिकाले वडामा भएको विकास निर्माण सँग सम्वन्धित रहेर नगरपालिकाको ध्यानाकर्षण गराईएको भन्दै धन्यवाद ज्ञापन गरे । सो क्रममा उपमेयर मिरा जोशीको समेत उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS