काठमाडौं,३ फागुन- निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुलाई बोलाएर छलफल गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आचरसंहिता र मस्यौदाबारे छलफलको निम्ति बोलाइएको जानकारी गराउनुभएको छ ।
कार्यक्रममा नेकपा बहुमतको तर्फबाट केन्द्रीय सदस्य लीलामणि पोखरेल,नेमकिपाका प्रेम सुवाल, नेपाली काँग्रेसका आनन्द ढुङगाना, राप्रपाका रामशरण पाठक र नेकपा ओली समूहको तर्फबाट बाबुराम शर्माको उपस्थिति थियो ।
FACEBOOK COMMENTS