काठमाण्डौँ — भक्तपुरमा बिस्का जात्रालाई लक्ष्य गरी १२ दिने व्यापार मेला हुने भएको छ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले चैत २१ देखि वैशाख २ गतेसम्म हुने मेला हुने भएको हो।
भक्तपुरमा बर्सेनि हुँदै आएको भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलाको यस वर्ष पाँचौं संस्करण हो।
मेला संयोजक दीपक थापाले मेलामा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको बताए।
उनले मेलामा दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला र अटोमोबाइलका वस्तु तथा सामानको दुईसयभन्दा बढी स्टल रहने जानकारी दिए।
उनका अनुसार मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
FACEBOOK COMMENTS