भक्तपुर, २१ जेठ – ट्रान्सर्फम नेपाल र याभ नेपालको समन्वयमा भक्तपुर अस्पताल र सुर्यविनायक नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोभिड १९ कोरोना भाइरसका कारणले दिन प्रति दिन कोरोना संक्रमित बढ्दो क्रममा रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक पर्ने वेल लङ एण्टी फग फेस शिल्ड (Wellong Anti-Fog Face Shield)स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवालको उपस्थितिमा अस्पताललाई ५२ पिस हस्तान्तरण गरियाे भने सुर्यविनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाको उपस्थितिमा सुर्यविनायक अस्पताललाई १६० पिस हस्तान्तरण गरियो । वितरण कार्यदलमा ट्रान्सर्फम नेपालका कार्यकारी निर्देशक रविन्द्र दास, फिल्ड संयाेजक साईमन थापा र याभ नेपालका संस्थापक दिपेश बिसुन्के,उपाध्यक्ष देवेन्द्र आचार्य , सचिव श्रीकृष्ण थापा र सदस्य नवीन रिजालकाे उपस्थिति रहेको कार्यदलका सदस्य दिपेश बिसुन्केले जानकारी दिए ।
FACEBOOK COMMENTS