काठमाडौँ, श्रावण १४ — सरकारले लकडाउन अन्त्य गरेसँगै विभिन्न क्षेत्रको व्यापार व्यवसाय खोल्ने निर्णय गर्यो । भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र राष्ट्रियरअन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णयसँगै करिब चार महिनादेखि बन्द भएका फिल्म हलका संचालकहरु पनि हल खोल्ने तयारीमा छन् । सरकारले फिल्म हल कहिलेदेखि खोल्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।
फिल्म हल खोल्ने निर्देशिका तयार पारेर चलचित्र विकास बोर्डमा बुझाइसकेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन् । हल खोल्ने विषयमै हामी छलफल गरिरहेका छौं । बजार बिस्तारै खोलिरहेको छ, उनले भने, सरकार पनि मोडालिटी तयार गरेर छलफल गर्न तयार छ । विकास बोर्डमा गाइडलाइन एउटा बनाएर हामीले पेपर प्रिजेन्ट गरिसकेका छौं । भदौको अन्तिमसम्म हल खुल्छजस्तो छ ।
चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल पनि अब चाँडै सानो युनिटमा फिल्मको छायांकन र हल खुल्ने बताउँछन् । चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ, कलाकार संघले हल खोल्ने भनेर मोडालिटी दिनु भएको थियो । हामीले पनि विभिन्न देशको अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर मोडालिटीमा थपथाप गरेर कोभिड क्राइसिस म्यानेजमेन्ट कमटीुमा पठाइसकेका छौं । त्यहाँ छलफल पनि भएको छ, उनले भने, मेरो विचारमा अब चाँडै हल खुल्छ । हाम्रो भीडभाड हुने क्षेत्र हो त्यसैले त्यससम्बन्धि निर्देशिका निकालेर सरकारले अनुमति दिन्छ ।
भदौबाट नै हल खुल्ने छलफल भइरहेको उनले बताए । दसैंका लागि चहलपहल बढाउन हल खोल्ने तयारीमा जुटेको चलचित्र संघका अध्यक्ष प्रधानले बताए । उनले भने, चलचित्र क्षेत्रलाई चलायामान बनाउँदै जानु पर्योल । खोल्नासाथ दर्शक पनि तुरुन्त आउने ठाउँ पनि हाम्रो । दसैंका लागि चहलपहल बढाउन हल खोल्ने तयारीमा छौं ।
FACEBOOK COMMENTS