काठमाण्डौँ —भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सारलाई स्तरोन्नती गरी मंगलबारबाट औपचारिक सञ्चालनमा ल्याइएको छ।
साउन १ देखि स्तरोन्नती गरिएको भद्रपुर भन्सार कार्यालयको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे।
अर्थमन्त्रीले उद्घाटन गरेसँगै भन्सार नाका औपचारिक रुपमा सञ्चालन भएको हो।
अर्थमन्त्री खतिवडाले खतिवडाले बंगाल र बिहार जोड्ने एक मात्र नाका भद्रपुर भन्सार भएकाले यो भन्सारसँगै पूर्वी नेपालको विकासमा सरकारको सरोकार रहेको बताए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS