काठमाडौं, कात्तिक १९ – चितवनस्थित भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिका– १० बस्ने ३९ वर्षीय महिलाको बुधबार बिहान ६ः५० मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका थिइन्। अस्पतालका अनुसार उनको कात्तिक १७ गते कोरोना पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालले कात्तिक १७ गतेबाट नै उनलाई आइसियुमा राखी उपचार गर्दै आएको थियो।
FACEBOOK COMMENTS