काठमाडौं, जेठ ६ ,भरत माेहन अधिकारीकाे स्मृति फाउन्डेसनले माेरङ अस्पताल बिराटनगरमा स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ।
प्रतिष्ठानका सल्लाहकार तथा निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई २ सय थान पीपीइ हस्तान्तरण गर्नुभएको हो ।
भरतमोहन अधिकारीको सम्झनामा स्थापित प्रतिष्ठानले स्थापनाकाल देखि नै सामाजिक कार्यगर्दै आएको सचिव महेश आचार्यले बताउनुभयो ।स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेमा प्रतिष्ठानलाई मेडिकल सुपरिटेन्डेन्ट डा. दासले धन्यवाद दिनुभयो ।
FACEBOOK COMMENTS