काठमाडौं,फागुन १- नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष भवानी राणाले महासंघको कर्णाली प्रदेशको नवनिर्मित भवनको आज एक कार्यक्रमकाबीच उद्घाटन गरेकी छिन्।
उद्घाटन कार्यक्रममा बोल्दैं अध्यक्ष राणाले कर्णाली प्रदेशमा पर्यटन, जलस्रोत र जटीबुटीको अपार सम्भावना रहेकाले त्यसलाई प्रवर्द्धन गर्नका लागि प्रदेश भवन निर्माण गरिएको बताइन्।
उनले कर्णालीको विकासका लागि निजी क्षेत्र प्रदेश सरकारसँग मिलेर काम गर्ने जनाइन् ।
महासंघले सुर्खेतमा कृषि उद्यम केन्द्रको शाखा समेत स्थापना गरेको छ। यो केन्द्रमार्फत सार्वजनिक-निजी अवधारणामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने योजना रहेको राणाले बताइन्।
कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाही, प्रदेश अन्तर्गतका उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भरत आचार्य र प्रवलजंग पाण्डेको उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS