काठमाण्डौ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन भएकोमा साना तथा मझौला व्यवसायी महासंघले बुधबार महासंघ सचिवालयमा एक कार्यक्रमबीच बधाईसहित सम्मानपत्र प्रदान गरेको छ ।
साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा त्यस महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बधाई पत्र प्रदान गरेका थिए ।
उनले निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघ संग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।
FACEBOOK COMMENTS