अन्जनराज न्यौपाने ,
तनहुँ, १० भाद्र – जिल्ला स्थित भानु नगरपालकिाका एक वडाध्यक्ष सहित ४ जना कोरोना संक्रमति उपचार पस्चात घर फर्किएका छन्।
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा उपचाररत भानु नगरपालकिा– ४ का वडाध्यक्षसहति चार जना निको भएर घर फर्किएका हुन्। निको भएका कोरोना संक्रमतिहरु ३०,४२,४२ र ६१ बर्ष उमेर समुहका रहेका छन्। स्वाब संकलन गरि पिसीआर परीक्षणका लागि उनीहरुसँगै २२ जनाको स्वाब पोखरा पठाईएको थियो । परीक्षणमा पोजेटिभ नतिजा देखीएका भानु नगरपालिकाका १९ जना संक्रमति उपचाररत छन् ।
शुक्लागण्डकी नगरपालिकाका ३ जना, भिमाद नगरपालिका, व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालकिा १र१ जना गरेर २५ जना संक्रमति जिपीको आईसोलेसनमा उपचाररत रहेका जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र शुक्ला गण्डकी नगरपालिका बेलचौताराले जनाएको छ।
FACEBOOK COMMENTS