काठमाडौं, भदौ ३ – भारतको झारखण्डका स्वास्थ्यमन्त्री बन्ना गुप्ता तथा पूर्वउपमुख्यमन्त्री सुदेश महतोमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यी दुवै नेताको कोरोना परीक्षणको नतिजा मंगलबार राति आएको हो ।
मन्त्री बन्ना गुप्ता मंगलबार झारखण्डको क्याबिनेट बैठकमा सहभागी समेत भएका थिए । त्यसमा मुख्यमन्त्री र अन्य मन्त्रीहरु पनि सहभागी थिए । त्यसैले अब उनीहरु सबै क्वारेन्टिनमा बस्ने तयारी भएको छ । यसअघि झारखण्डमा स्वच्छतामन्त्री मिथिलेश ठाकुरमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतको झारखण्डमा मात्र कोरोना संक्रमितको संख्या २५ हजार ३ सय ३३ पुगेको छ । त्यहाँ मंगलबार ९ संक्रमितको निधन भएसँगै मृत्यु हुनेको संख्या २ सय ६५ पुगेको छ ।
FACEBOOK COMMENTS