काठमाडौं, २६ चैत – भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ। कोरोनाले त्यहाँ भयावह विनाश गरेको छ ।त्यहाँ संक्रमणले अघिल्लो सबै रेकर्डहरू तोडेको जनाइएको छ । आज मात्र कोरोनाको १ लाख २६ हजार भन्दा बढी नयाँ घटनाहरू रिपोर्ट गरिएको भारतीय मिडियाले जनाएको छ। पछिल्लो २४ घण्टामा ६८५ व्यक्तिको मृत्यु भएको छ।
कोरोना ह्वातै बढेपछि त्यहाँका केही शहरहरूमा लकडाउन र केहीमा कर्फ्यू लगाइएको छ। उत्तर प्रदेशमा आज ८४०० भन्दा बढी नयाँ घटनाहरू रिपोर्ट गरिएको छ । जसमध्य २६ चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । यस कारण, नोएडा- गाजियाबाद लगायत अन्य शहरहरूमा रात्री कर्फ्यू लगाउने निर्णय गरिएको छ।
नोएडा-गाजियाबादका स्कूल कलेजहरू सहित अन्य शैक्षिक संस्थानहरू १७ अप्रिल सम्म बन्द गरिएको छ ।
FACEBOOK COMMENTS