काठमाडौं, मंसिर १८ – कोभिड–१९ महामारीका कारण यो वर्ष भारतको उपभोक्ता खर्च १२.६ प्रतिशतले संकुचित भएको क्रेडिट रेटिङ सेवा फिचले जनाएको छ । उपभोक्ता खर्च २०२१ मा वृद्धिमा फर्कने अपेक्षा संस्थाको छ । २०२१ मा यो ६.६ प्रतिशतले विस्तार हुने फिचले जनाएको छ ।
“तर सुधार अन्य मुलुकको तुलनामा मन्द हुने छ । किनकी २०२० मा ठूलो मात्रामा संकुचन भएको छ,” फिचले उल्लेख गरेको छ ।
बेरोजगारी उच्च हुने छ । तर सरकारी सहयोगी नीतिहरुको प्रभावकारितमा भने सवाल गर्ने ठाउ हुने संस्थाले जनाएको छ ।
सामान्य रुपमा घरधुरीको खर्च २०१९ को तुलनामा केवल १.२ प्रतिशत उच्च हुने छ ।
२०२० को आर्थिक असरले विभिन्न क्षेत्रहरुमा आधारभूत असर छोडेको फिचले जनाएको छ । खाद्यान्न र गैर अल्कोहलिक पेयमा गरिने खर्च २०२१ मा बढ्ने छ ।
FACEBOOK COMMENTS