काठमाडौँ, असोज २४ – भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ। राजस्थानस्थित करौली जिल्लाको बुकाना गाउँमा भएको जमिनको विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो ।
जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ । करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।
आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको पनि अन्य फरार भएका छन् । उनीहरुको खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS