काठमाडौं, कार्तिक २७ – भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले कोरोना भाइरसविरुद्ध भ्याक्सिन तयार गरिरहेको छ। एस्ट्राजेनेका एजेटएनएल नाम दिइएको भ्याक्सिन कोभिड १९ विरुद्ध प्रयोग हुनेमा सेरम आशावादी रहेको छ। यसबीच सेरमले हालसम्म एस्ट्रजेनेकाको करिब ४ करोड भ्याक्सिन बनाइसकेको दाबी गरेको छ।
यस्तै, सेरमले नोभाभाक्सको ‘राइभल सट’ पनि उत्पनदन गरिरहेको छ। हाल यी दुवै खोपको नियमनको प्रक्रियामा रहेको छ।
सेरमका अनुसार भ्याक्सिनको परीक्षण गर्ने क्रममा १ हजार ६०० जना सहभागी भएका थिए। अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा उत्पादन भइरहेको भ्यक्सिनले छिट्टै मान्यता पाउने विश्वास सेरमले लिएको छ।
FACEBOOK COMMENTS