काठमाण्डौँ — भारतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ बस सहयोगस्वरूप दिएको छ ।
७० औं गणतन्त्र दिवस मनाउने क्रममा शनिबार भारतीय राजदूत मञ्जिवसिंह पुरीले एम्बुलेन्स र बस हस्तान्तरण गरेका हुन् ।
सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थालाई ७ सय २२ एम्बुलेन्स र १ सय ४२ बस सहयोगस्वरूप प्रदान गरिसकेको दूतावासले जनाएको छ ।
राजदूत पुरीले शनिबारै गोरखा भारतीय सैनिकका विधवा तथा मृतक परिवारजनलाई ७ करोड २६ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरेका थिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS