नयाँ दिल्ली, १८ असार – वैदेशिक रोजगारको प्रलोभनमा पारि मानव बेचबिखन एवम् ओसारपसार गर्ने उद्देश्यको साथ भारत पुर्याइदा विचल्लीमा परेका महिलाको ऊद्धारको माग राख्दै माईती इण्डियाले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै माईती इण्डियाकी कार्यकारी सदस्य सिता अधिकारीको नाममा जारी उक्त ध्यानाकर्षण पत्रमा नौ महिना पहिला मणिपुर राज्यको इन्फाल भन्ने स्थानमा दलालहरुले लगि बिचल्ली बनाएको अबस्थामा फेला परेको उद्रीत गर्दै भारत सरकारको मणिपुर राज्यले उद्धार गरि आफ्नो सरकारी गृहमा राखी भारतको विदेश मन्त्रालय मध्यमबाट नेपाल सरकारलाई ३० नोभेम्बर २०१९ मा नेपाली दूतावास मार्फत जानकारी गराएको साथै माइती इन्डियालाई पनि जानकारी प्राप्त भएपछी दूतावासलाई डिसेम्बर २०१९ मा निवेदन दिई आर्थिक लगायत सबै माइती इन्डियाले व्यहोर्ने र नेपालमा लगि नेपाल सरकारको माध्यमबाट परिवारजनलाई हस्तान्तरण गर्ने गरि पिडित महिलालाई उद्घार गर्ने गरि गरिएको निवेदनलाई नजर अन्दाज गरिएको उल्लेख गर्दै यथाशिघ्र समस्या समाधान गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रको पूर्ण विवरण
सम्माननिय प्रधानमन्त्री ज्यु
नेपाल सरकार नेपाल
बिषय – ध्यानाकर्षण सम्बन्धमा
महोदय वैदेशिक रोजगारको प्रलोभनमा मनवबेचबिखन एवम् ओसारपसार गर्ने उद्देश्यको साथ नौ महिना पहिला मणिपुर राज्यको इन्फाल भन्ने स्थानमा दलालहरुले लगि बिचल्ली बनाएको अबस्थामा भारत सरकारको मणिपुर राज्यले उद्धार गरि आफ्नो सरकारी गृहमा राखी भारतको विदेश मन्त्रालय मध्यमबाट नेपाल सरकार लाई 30-11-2019 को नेपाली दूतावास मार्फत जानकारी गराएको थियो। साथै माइती इन्डिया लाई पनि जानकारी प्राप्त भएपछी दूतावास लाई डिसेम्बर 2019 निवेदन दिई आर्थिक लगायत सबै माइती इन्डियाले बेहोर्ने र नेपालमा लगि नेपालसरकारको माध्यम बाट परिवारजन लाई हतान्तरण गर्ने गरि पिडित महिलालाई उद्घार गर्ने गरि गरिएको निवेदनलाई नजर अन्दाज गरियो । हाम्रो सस्थाले नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पनि निवेदन गर्दा नेपाल सरकारले आफै गर्दछौ भन्यो। दूतावासले आफै गर्ने भन्यो। पटक पटक ती पिडित महिलाको पीडाले भरीएको आसुको फोनले हामी चुप लाग्न सकेनौ र नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको सहयोगमा भारत सरकारको विदेस मन्त्रालय ,काठमाडौ स्थित भारतिय दूतावास , मणिपुर सरकार समक्ष पनि कोसिस गरियो सबैको नेपाल सरकार मार्फत आउँदाको दिनै ती पीडित पहिला हस्तान्तरण गर्ने जवाफ मिल्यो। सम्माननिय प्रधानमन्त्री ज्यु ९ महिना बितिसक्दा पनि उनीहरुको मानसिक रुपले अति पिडित भई रुदै फोन गरिरहदा पुन हामी चुप लाग्न सकेनौ । हामी ती दलाल बाट शोषित महामारीको पिर परिवारिक पिडाले सताइरहेका मणिपुरको विभिन्न स्थानमा रहेका पीडित ३१ जना महिलाको नेपाल सरकारकै मातहतमा परिवारजन लाई हस्तान्तरण गर्न दूतावासलाई २३/0६/२०२० को निवेदन दियौ आज सम्म पनि केही हुन नसकेकोले सम्माननिय प्रधानमन्त्री ज्यु नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै यथाशीघ्र उनिहरुको उद्धार गर्न अनुरोध गर्दछौ। वा माइती इन्डिया लाई जिम्मा दिएको अबस्थामा ५ दिन भित्र हामी आर्थिक लगायत सबै व्यवस्था गरि नेपाल सरकारलाई जिम्मेवार दिन तयार रहेको पनि जानाकारी गराउन चाहन्छौ। स्मरण गराउन पनि चाहन्छौ। सम्पुर्ण आर्थिक माइती ईन्डियाले बेहोर्ने गरि दूतावासले अनुमति दियेको 48 घन्टामा गुजरात बाट ५ जना कर्नटा राज्यबाट ३७ जना ५ दिन भित्र उत्तर- प्रदेश बाट ४२ जना ३०घन्टा भित्र आवश्यक अनुसन्धान गर्ने नेपाल लगि नेपाल प्रहरीसमक्ष हतान्तरण गरेका थियौ। यस्तै भारतका विभिन्न सहर बाट १२ वर्ष देखि सेवा गर्दै आएका छौ।ती पीडित महिला ९ महिना सरकारी गृहबाट रोहेको पिडा र परिवारजनको पीडा सहन नसकी अन्तिममा प्रधानमन्त्री ज्युलाई ध्यानाकर्षण गराएका छौ।
सीता अधिकार
कार्यकारी सदस्य
माइती इन्डिया। email maitiindia7@gmail.com +919958322539
FACEBOOK COMMENTS