काठमाडौं, ५ फागुन- सरकारले भारतको सिरम ईन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।
१० लाख डोज खोप फेब्रुअरी अन्तिमसम्म र बाँकी १० लाख मार्चभित्र ल्याउने सरकारको योजना रहेको छ ।
प्रतिडोज ४ डलरका दरले सिरमले २० लाख डोज खोप उपलब्ध गराउने छ । सरकारले खोप शुल्कको ८० प्रतिशत रकम पेश्कीस्वरुप उपलब्ध गराउने छ ।
कोभिड १९ विरुद्धको खोप अभियानअन्तरगत दोस्रो चरणको प्राथमिकतामा सरकारले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र ४५ वर्षमाथिका दीर्घरोगीलाई राखेको छ । खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले ‘कोभिड १९ बाट मृत्यु हुनेमा सबैभन्दा बढी यी दुई वर्गका नागरिक परेकाले अबको चरणमा जेष्ठ नागरिक र दीर्घरोगीलाई खोप दिने प्राथमिकतामा राखिएको’ बताए ।
FACEBOOK COMMENTS