काठमाडौं, साउन २३ – भारतमा कोरोना भाइरसका संक्रमितहरु बिहीबार विश्वमै सबैभन्दा बढी बढेका छन् । बिहीबार २४ घण्टामा सबैभन्दा बढी ६२ हजार १७० जना संक्रमित भारतमा भेटिएका छन् । यसअघि एकै दिन यो भन्दा बढी संक्रमित भारतमा रहेका थिएनन् ।
अमेरिकामा ५५ हजार २२३ तथा ब्रजिलमा ५४ हजार ८०१ जना संक्रमित रहेकामा भारतमा अमेरिकाको भन्दा सात हजार बढी संक्रमित रहेका हुन् ।
यसअघि बुधबार भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका थिए । बुधबार अमेरिकामा ५४ हजार ८९० तथा ब्रजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए ।
मृतक पनि भारतमा बढेका छन् । बिहीबार ८९९ जनाको ज्यान गएको छ । बुधबार ९१९ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा २० लाख २५ हजार ४०९ जना संक्रमित भएका छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ६ लाख ५ हजार ९३३ रहेको छ ।
बिहीबार ५० हजार १४१ जनालाई निको भएको छ । बुधबार ४५ हजार ५४० जनालाई निको भएको थियो । अहिलेसम्म निको हुने १३ लाख ७७ हजार ३८४ पुगेका छन् ।
मृतक ४१ हजार ६३८ पुगेका छन् ।
FACEBOOK COMMENTS