काठमाडौं, बैशाख २६- भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै बिहीबार मात्रै १०६ जनाको मृत्यु भएको छ । यो संख्या हाल सम्मकै बढी हो । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८९ पुगेको छ ।
हाल सम्म भारतमा ५६ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् भने विहीबार एकै दिन ३३ सय ६४ जना नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण भारतमा एक पत्रकारको समेत ज्यान गएको छ ।
सबैभन्दा धेरै महाराष्ट्रमा ६९४ जनाको मृत्यु भएको छ । यस्तै गुजरातमा ४२५ मृत्यु भएको छ ।
FACEBOOK COMMENTS