काठमाण्डौ, साउन २२ – भारतमा कोरोना भाइरसका संक्रमितहरु बुधबार विश्वमै सबैभन्दा बढी बढेका छन् । बुधबार ५६ हजार ६२६ जना संक्रमित थपिएका हुन् ।
यो भारतमा एकै दिनको सबैभन्दा बढीमा दोस्रो उच्च संख्या हो । तर बुधबार सबै देशको तुलनामा सबैभन्दा बढी हो । बुधबार अमेरिकामा ५४ हजार ८९० तथा ब्रजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए ।
मृतक पनि भारतमा बढेका छन् । बुधबार ९१९ जनाको ज्यान गयो । यो भारतको अहिलेसम्मकै तेस्रो उच्च संख्या हो ।
अहिलेसम्म भारतमा १९ लाख ६३ हजार २३९ जना संक्रमित भएका छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ५ लाख ९४ हजार ८५० रहेको छ । बुधबार ४५ हजार ५४० जनालाई निको भएको छ । अहिलेसम्म निको हुने १३ लाख २७ हजार २०० पुगेका छन् । मृतक ४० हजार ७३९ पुगेका छन् ।
FACEBOOK COMMENTS