काठमाडौं, चैत २६- छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ६५ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या ५ हजार ३ सय ६० पुगेको हो।
सबैभन्दा बढी महाराष्ट्रमा १५० बिरामी बढेका छन् भने तमिलनाडुमा ६९, दिल्लीमा ५१, तेलांगनामा ४०, राजस्थानमा ४२ र मध्यप्रदेशमा ३४ रिपोर्ट पोजेटिभ आएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित १०१८ भएका छन्।
FACEBOOK COMMENTS