काठमाडौं ,कार्तिक १२ – भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४२ हजार ९६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ५७ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ११ हजार ६०५ जनाको उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS