पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु
काठमाडौं, साउन १३ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा भयावह बन्दै गएको छ । पछिल्लो केही दिन यता ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४६ हजार ४८४ जनामा संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको वर्ल्डओमिटर्सले जनाएको छ ।
हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका त्यसपछि ब्राजिल र तेस्रोमा भारतमा देखिएका छन् ।
FACEBOOK COMMENTS