काठमाडौं, बैशाख १ – भारतमा पछिल्लो २४ घण्टामा १ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २७ जनाको संक्रमणका कारण मृत्यु भएको हो। यससँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ८५ पुगेको छ।
यस्तै, थप १ लाख ८४ हजार ३७२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हाल भारतमा १३ लाख ६५ हजार ७०४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। भारतभर १ करोड ३८ लाख ७३ हजार ८२५ जनामा संक्रमण पुष्टि भइसकेको छ।
FACEBOOK COMMENTS