काठमाडौं, २२ पुष – भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार भारतमा मंगलवारसम्म १७ करोड ७४ लाख नमूना परीक्षण गरिएको छ ।
FACEBOOK COMMENTS