काठमाडौं, बैशाख २५ – भारतमा पछिल्लो तीन दिनमा कोरोना संक्रमण फैलिने दर बढेको देखिएको छ । बुधबार एकैदिन ३५ सय थपिएसँगै संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ।
यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको ज्यान गएको छ। बुधबार एकैदिन ९८ जनाले ज्यान गुमाएका थिए ।
यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ दिन लागेको थियो । त्यस्तै, कोरोना भित्रिएको सुरुवाती ६२ दिनमा केवल ५० जनाको ज्यान गएको थियो । तर, बुधबार एकै दिन ९८ जनाको मृत्यु भएको छ ।
भारतमा ३० जनवरीमा केरलामा पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो । १३ अप्रिल अर्थात् ७५ दिनपछि मात्रै संक्रमितको संख्या १० हजार पुगेको थियो । यसपछिको ८ दिन अर्थात् २१ अप्रिलसम्म थप १० हजार बिरामी बढेर संख्या २० हजारमा पुगेको थियो भने पछिल्ला केहि दिनमा संक्रमणको दर तिब्र भएको छ ।
कोरोना भाइरसका कारण महाराष्ट्र, गुजरात र दिल्ली सबैभन्दा धेरै प्रभावित बनेका छन्।
FACEBOOK COMMENTS