काठमाडौं, बैशाख ८ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दैं गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जना कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ५९ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा ३८ जनाले ज्यान गुमाएका छन्। शनिबारको तुलनामा आइतबार भारतमा कोरोनाका नयाँ बिरामी कम देखिएका छन्।
आइतबार भारतमा १ हजार २ सय ५० जना कोरोना भाइरसका नयाँ संक्रमित देखिएका थिए भने ३८ जनाको मृत्यु भएको थियो। शनिबार एकैदिन भारतमा २ हजार १३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन भारतमा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको थियो।
भारतमा २ हजार ८ सय ५४ जना कोरोनाका बिरामी उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।
FACEBOOK COMMENTS