काठमाडौं, बैशाख ११ – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३६ जनाको ज्यान गएको छ भने एकैदिन १२ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
बुधबार एकैदिन १२ सय ९० जना संक्रमित भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ। यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ हजार ३ सय ७० पुगेको छ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ८१ पुगेको छ। भारतमा कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र बनेको छ।
FACEBOOK COMMENTS