काठमाडौं, बैशाख १६ – भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । वल्र्ड मिटरको तथ्यांक अनुसार भारतमा अहिलेसम्म २७ हजार ४५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोछ भने ९३९ जनाले यो रोगका कारण ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घन्टामा भारतमा १५ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् भने सोमबार थप ५८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
त्यसै भारतमा कोरोना संक्रमित ७ हजार १३७ जना निको भएर घर फर्किएका छन् । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ। त्यहाँ हालसम्म साढे ८ हजार बढी संक्रमित रहेका छन् भने करिब ३४२ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS